समाचारसोमबार, पौष ६, २०७२
एक नम्बर प्रदेशको सीमा हेरफेर हुँदैनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्बर प्रदेशबाट एउटा गाउँ पनि दायाँबायाँ नहुने बताएका छन् ।
नेकपा एमाले सुनसरीको दोस्रो परिषद् बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “जोसुकै कराउँदै गरुन् एक नम्बर प्रदेशको सीमा हेरफेर हुँदैन ।” उनले सरकार अव धेरै समय संयमता अपनाएर नबस्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, “सरकारले केही गरेन भन्दैमा अराजक र कानून मिच्नेलाई कार्बाही हुन्छ ।” उनले संविधानले कसैलाई विभेद नगरेको बताए ।
उनले भने, “लोकतन्त्रमा बिचार खाख्न पाइन्छ, तर आगो लगाउन नपाइदैन ।” प्रधानमन्त्री ओलीले सरकार भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता रक्षाका लागि कसैसँग नझुक्ने बताए ।
–लिलाराज भट्टराई, सुनसरी
