समाचारआइतबार, मंसिर १०, २०६९

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने– ‘मर्यादामा रहनुपर्छ’

हिमालखबर

१० मंसीर साँझ राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषदको निर्णयबारे अवगत गराएपछि उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रपतिले सरकारले मर्यादा कायम गर्न नसकेको गुनासो गरेका हुन् ।

“हामी दुवै आपसी मर्यादामा बस्नुपर्छ, दुवैको अधिकार र जिम्मेवारी संविधानले स्पष्ट व्यवस्था गरेको छ, मन्त्रिपरिषदले यस्तो निर्णय नगरेको भए हुन्थ्यो,” राष्ट्रपतिको भनाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले हिमालखबरलाई जानकारी दिए ।

१० मंसीर दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि गरेको आह्वानलाई ‘असंवैधानिक’ भन्ने निर्णय गरेको थियो ।

सल्लाहकार दाहालका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई सबैले सहमति नै चाहेको भन्दै प्रधानमन्त्री भट्टराईले पनि सहमतिका लागि त्याग गर्छु भनेको स्मरण गराएका थिए । उनले सहमतिको सरकार निर्माण गरेर मुलुकलाई संवैधानिक, राजनीतिक संकटबाट निकासका लागि योगदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

सल्लाहकार दाहालले राष्ट्रपतिको भनाई उद्धृत गरे, “मुलुकको बृहत्तर हितका लागि मैले गरेको आह्वानलाई सफल पार्न सहयोग गर्नुस, हामी सबैको भलाई यसमै छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>