समाचारसोमबार, मंसिर ११, २०६९
फरार कैदी पक्राउ, चार प्रहरी हिरासतमा
राति १२ बजे हिरासतको मूलगेटको चुकुल फोडेर फरार भएका इलाम नगरपालिका ९ का २१ बर्षीय प्रेम अधिकारीलाई आज सादा पोशाकमा खटिएका प्रहरीको टोलीले अधिकारीकै घर नजिक जंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई पुन हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
सुरक्षामा खटिएका प्रहरीको लापरवाहीले कैदी भाग्न सफल भएको भन्दै प्रहरी हवल्दार अनिल सुब्बासहित चार प्रहरी जवानहरुलाई हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
