समाचारआइतबार, पौष १२, २०७२
सशस्त्रका तीन पूर्व आइजीपीले धरौटी बुझाए
अख्तियार दुरुपयोग अनुसन्धननको नियन्त्रणमा रहेका सशस्त्रका तीन पूर्व आइजीपीले आयोगले माग गरे अनुसारको धरौटी बुझाएका छन् ।
आजै अख्तियारमा बयान दिन गएका पूर्व आइजीपीत्रय सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीसँग अख्तियारले धरौटी माग गरेको थियो । अख्तियार प्रवक्ता कृष्णहरी पुस्करका अनुसार सनतकुमार बस्नेतले रु. ८ करोड, शैलेन्द्रकुमार श्रेष्ठले रु १ करोड र बासुदेव ओलीले रु. ७० लाख धरौटी बुझाएका हुन् ।
उनीहरूमाथि वन्दोवस्तीका सामान ढुवानी गर्दा नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
अख्तियारले यसअघि सशस्त्र प्रहरीका निलम्बित आईजीपी कोषराज वन्तलाई पक्राउ गरी १० करोड धरौटी लिएर छोडेको थियो ।
—————————————————————————————————-
भ्रष्टाचार अभियोगमा तीन पूर्व आइजीपी अख्तियारको हिरासतमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरीका तीन पूर्व आइजीपीलाई हिरासतमा लिएको छ।
पूर्वआइजीपी सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीलाई बन्दोवस्तीका सामान ढुवानीमा नक्कली बिल बनाई भ्रष्टाचार गरेको आरोपमा बयान दिन बोलाएको आयोगले बयान नसकिएपछि हिरासतमा लिने निर्णय गरेको हो ।
अख्तियारले सनतकुमार बस्नेतसँग रु. ८ करोड, शैलेन्द्रकुमार श्रेष्ठसँग रु १ करोड र बासुदेव ओलीसँग रु. ७० लाख धरौटी माग गरेको छ।
उनीहरू धरौटी बुझाउन नसक्दासम्म अख्तियारको हिरासतमा बस्नुपर्नेछ।
अख्तियारले यसअघि सशस्त्र प्रहरीका निलम्बित आईजीपी कोषराज वन्तलाई पक्राउ गरी १० करोड धरौटी लिएर छोडेको थियो ।
