समाचारसोमबार, पौष १३, २०७२
शान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजाअर्चना
राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा शान्तिको कामना गर्दै पशुपतिमा विशेष पूजाअर्चना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले पूजाअर्चनाको इच्छा राखेपछि पशुपति विकास कोषले विशेष पूजाअर्चनाको प्रबन्ध गरेको थियो ।
राष्ट्रपति भण्डारीको पूजाअर्चनामा गृहमन्त्री शक्ति बस्नेत पनि सहभागी बनेका थिए ।




