समाचारमंगलबार, मंसिर १२, २०६९
एमाओवादी प्रवक्ता सापकोटाको मुद्दामा कारण देखाउ आदेश जारी
सात वर्षअघि तत्कालीन नेकपा माओवादीबाट हत्या गरिएका काभ्रे दाप्चाका अर्जुन लामाकी पत्नी पूर्णिमायाले ८ मंसीरमा दायर गरेको रिटमा अन्तरिम आदेश सुनाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्नु/नगराउनु पनि भनेको छ ।
एनेकपा सर्वोच्च अदालतको आदेशानुसार माओवादीका नेता सापकोटा र सूर्यमान दोङसमेतका विरुद्धमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा दायर भएको किटानी जाहेरी दरखास्त मन्त्रिपरिषद्ले गत १२ साउनमा तामेलीमा राख्ने निर्णय गरेको थियो ।
नेता सापकोटा र दोङको निर्देशनमा काभ्रेका अर्जुन लामाको २०६२ असारको दोस्रो साता काभ्रेको बुढाखानी, चारकिल्लामा हत्या गरिएको अभियोग छ ।
एड्भोकेसी फोरमको कानुनी सहायतामा दर्ता गरिएको रिटमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाइएको छ । रासस
