समाचारमंगलबार, मंसिर १२, २०६९

कोइरालाको नेतृत्व स्वीकार्ने मधेशी मोर्चाको संकेत

हिमालखबर

१२ मंसीर बिहान कोइराला निवास महाराजगञ्जमा भएको कोइराला–गच्छदार भेटपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक समेत रहेका उपप्रधानमन्त्री गच्छदारले मधेशका केही मुद्दामा कांग्रेस स्पष्ट भए कोइरालाको नेतृत्व स्वीकार्न सकिने बताए ।

पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले भने, “कोइराला त्यागी नेता भएकाले उहाँले सहमति जुटाउन सक्नुहुन्छ भने हाम्रो आपत्ति छैन ।” आफ्नो दल र मधेशी मोर्चाका तर्फबाट कोइरालालाई समर्थन गर्न सकिने गच्छदारको भनाई थियो ।

यसअघि ११ मंसीरमा कोइराला र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकूरबीच छलफल भएको थियो । भेटमा सभापति कोइरालाले सहमतिको सरकारका लागि कांग्रेसलाई सहयोग गर्न आग्रह गरेका थिए ।

यसैबीच आजै बिहान कांग्रेस सभापति कोइरालासँग नेपालका लागि अमेरिकी राजदुत पिटर बोडेले भेट गरेका छन् । भेटमा पछिल्लो राजनीतिक अवस्था र दलहरुबीच भएका चलिरहेका वार्ताका विषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>