समाचारमंगलबार, मंसिर १२, २०६९

कोइरालाले दाहाललाई भने, ‘कांग्रेसलाई सहयोग गर्नुहोस’

हिमालखबर

१२ मंसीर साँझ दाहाल निवास लाजिम्पाटमा भएको दुई नेताबीचको छलफलपछि सभापति कोइरालाले आफूले कांग्रेसलाई सहयोग गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको जानकारी दिए । उनले भने, “मैले नेपाली कांग्रेसलाई सहयोग गर्न प्रस्ताव गरेको छु, उहाँ (पुष्पकमल दाहाल) ले पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभएको छ ।”

यसअघि कोइरालाले आजै बिहान मधेशी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई र ११ मंसीरमा तमलोपा अध्यक्ष महन्त ठाकूरलाई आफ्नै निवासमा भेटेर सहयोगको आग्रह गरेका थिए ।

त्यस्तै १२ मंसीर अपरान्ह बसेको एमाओवादी पदाधिकारी र ब्युरो इञ्चार्जहरुको बैठकले वर्तमान सरकारलाई नै सहमतीय स्वरुप दिनुपर्ने भन्दै यदि त्यसो नभएमा सत्ता गठबन्धनबाट विकल्प खोज्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>