समाचारबुधबार, मंसिर १३, २०६९
प्रधानमन्त्रीलाई कालो झण्डा, आधा दर्जन घाइते
त्यस्तै बागलुङ्को बुर्तिबाङमा एकीकृत सेवा केन्द्रको उद्घाटन प्रधानमन्त्रीले गरेकोमा कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले विरोध जनाएका छन् ।
२०३३ सालदेखि स्थापना भएका एकीकृत सेवा अन्तर्गतका मालपोत, नापी, नेपाल बैंक, कृषि विकास कार्यालय, इलाका प्रशासन कार्यालय माओवादी द्वन्द्वका कारण विस्थापित भएको र २०६२/०६३ को आन्दोलनपश्चात पुनःस्थापित हुन लागेका बेला भ्रामक शैलीमा प्रधानमन्त्रीले उद्घाटन गरेको भन्दै विज्ञप्ति जारी गरेर विरोध जनाइएको छ । “राष्ट्रघाति र देशलाई अनिर्णयको बन्दी बनाई सहमतिको ढोका बन्द गर्ने बाबुराम भट्टराईको कार्यक्रममा सहभागी हुनु औचित्यहिन रहेको,” विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले कसैको उक्साहटमा राष्ट्रपतिले कार्यकारी अधिकार लिन खोजे पूर्व राजा ज्ञानेन्द्रको जस्तो अवस्था हुने चेतावनी दिएका छन् ।
अन्तरिम संविधान अनुसार राष्ट्रपतिले मन्त्रिपरिषदले सिफारिस गरेको काम मात्र गर्नुपर्ने प्रधानमन्त्री भट्टराइले बताएका थिए ।
