समाचारबुधबार, मंसिर १३, २०६९

कांग्रेस–एमालेले सहमतिका लागि थप समय माग्ने

हिमालखबर

सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले तोकेको १४ मंसीरको समयसीमा सकिनु एक दिनअघि एमाले मुख्यालय बल्खुमा बसेको दुईदलको संयुक्त बैठकले म्याद थप्नका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

“तोकिएको म्यादभित्रै सहमति बन्न सकेन, त्यसैले म्याद थप्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय भएको छ,” नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्न एमालेलगायतका विपक्षीदलहरु सहमत भइसकेको र एमाओवादी अँझै प्रष्ट भइनसकेकाले थप समय माग्नु पारेको उनले बताए । “हामीहरु सहमति जुटाउन प्रयासरत छौं, थपिएको समयमा सहमति हुनेमा विश्वस्त छौं,” पौडेलले भने ।

एमालेलगायतका विपक्षी दलहरुले कांग्रेस नेतृत्व स्वीकार गर्नें भनेपछि आफ्नो पक्षमा सहमति जुटाउन लागि परेका सभापति सुशील कोइरालालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ बन्ने संविधानका विवादित विषयहरुमा समेत कांग्रेसले अहिले नै सहमति गर्नुपर्ने अडान राखेपछि उनका पक्षमा सहमति बन्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>