समाचारबिहीबार, मंसिर १४, २०६९
एमाओवादीकै कारण सहमति हुन सकेनः खनाल
१४ मंसीरमा पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल भवनको बिर्तामोडमा शिलन्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष खनालले माओवादी सहमति नआए नेकपा एमालेले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।
माओवादीको हठका कारण मुलुकको गतिरोध अन्त्य हुन नसकेको भन्दै खनालले प्रधानमन्त्री भट्टराईले जंगबहादुरको शैलीमा शासन गर्न खोजेको बताए ।
त्यस्तै शिलान्यास कार्यक्रमका अर्का सहभागी नेपाली काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादी अंझै पनि सरकार नछाडने प्रयासमा रहेको भन्दै राष्ट्रिय मुद्दामा सबै एक भएर उभिए मात्र मुलुकलाई बचाउन सकिने बताए ।
सिटौलाले संसदलाई छलेर एकलौटी ढङ्गले जेठ १४ गते गरेको निर्णय स्वार्थपूर्ण रहेको प्रस्ट पादै उनले माओवादी अहंकार र दम्भबाट मुक्त नहुनजेलसम्म देशले निकास नपाउने टिप्पणी गरेका थिए ।
