समाचारबिहीबार, मंसिर १४, २०६९

राष्ट्रपतिद्वारा ७ दिन म्याद थप

हिमालखबर

यसअघि ८ मंसीरमा राष्ट्रपतिले दिएको समय सीमा आजै १४ मंसीरमा सकिएको थियो । म्याद सकिएपछिको अवस्थाबारे छलफल गर्न राष्ट्रपति यादवले मधेशी मोर्चासहित प्रमुख तीन दलका नेताहरुलाई  छलफलका लागि बोलाएका थिए । १४ मंसीर साँझ भएको छलफलमा दलका नेताहरुले सहमतिका लागि समय नपुगेको भन्दै म्याद थप्न आग्रह गरेपछि म्याद थप भएको हो ।

छलफलमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला,  नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाका तर्फबाट सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।

राष्ट्रपतिबाट तोकिएको समयसीमा भित्र सहमति हुन नसकेकोले म्याद थपका लागि आग्रह गरेको नेपाली कांग्रेका सभापति सुशील कोइरालाले जानकारी दिए । थपिएको म्यादभित्र सहमति हुने एमाले अध्यक्ष झलनाथ खनालले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>