समाचारशुक्रबार, मंसिर १५, २०६९
फोरम नेपाल पनि कांग्रेसको पक्षमा
१५ मंसीर बिहान कांग्रेस सभापति कोइरालालाई भेटन महाराजगञ्ज पुगेका फोरम नेपालका अध्यक्ष यादवले सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसलाई सहयोग गर्ने जानकारी दिए । उनले भने, “सहमतिको सरकार गठनका लागि नेपाली कांग्रेससँग मिलेर जान एक मत भएका छौं ।”
राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिका लागि दोस्रो पटक एक साताको म्याद थपे लगत्तै नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरम नेपालबीच सहमतीय सरकारमा मिलेर अघि बढ्ने सहमति भएको हो ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कांग्रेस मधेशका मुद्दामा स्पष्ट भएको आफुले पाएको र सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिए । उनले वर्तमान सरकार रहेसम्म मुलुकको संकट समाधान नहुने बताए । भेटमा सहभागी कांग्रेस नेता दीपकुमार उपाध्यायले नेपाली कांग्रेस मधेशका बारेमा पहिलेदेखि नै स्पष्ट भएको बताउ“दै एकीकृत नकेपा माओवादीले कांग्रेसका बिरुद्धमा भ्रम फैलाएको आरोप लगाए ।
सभापति कोइरालाले सबैजसो मधेशी नेताहरुसँग सहमतीय सरकार गठनका बारेमा परामर्श गरिसकेका छन् । आफ्नै नेतृत्वमा सरकार गठनको प्रयासमा लागेका सभापति कोइरालाका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने अहिलेसम्म तगारो भएका छन् ।
