समाचारशुक्रबार, मंसिर १५, २०६९
वैद्य माओवादी भन्छ– ‘छलफलमा हामीलाई सहभागी गराऊ’
१४ मंसीर विहान राष्ट्रपति कार्यालय शीतलनिवास गएका नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले विभिन्न छलफल र बहसमा आफुहरुलाई पनि सहभागी गराउनुपर्ने भन्दै त्यसो नभए चार दलले गरेको सहमति आफुहरुलाई मान्य नहुने बताएका छन् ।
उनले संविधानसभालाई आधार मानेर तीन दललाई प्राथमितकता दिएको हुन सक्ने भन्दै आफूहरुसँग बिघटित संविधानसभाका ९१ सदस्य रहेको लिखित जानकारी समेत राष्ट्रपतिलाई गराएका छन् ।
भेटपछि उपाध्यक्ष गजुरेलले मधेशी मोर्चासहित कांग्रेस, एमाले र एकीकृत माओवादीलाई ठूला दल मान्नुको आधार प्रस्ट पार्न आग्रह गरिएको जानकारी दिए । जवाफमा राष्ट्रपति यादवले नियतबस कसैलाई उपेक्षा गर्न नखोजेको स्पस्ट पारेका थिए ।
