समाचारशुक्रबार, मंसिर १५, २०६९
जुम्लामा भारी हिमपात, डिजेल पनि जम्यो
हिमपातबाट सदरमुकाम आसपासका डाँडाहरु हिउँले सेताम्मे भएका छन् भने न्यूनतम तापक्रम १० डि.से. पुगेको हावावानी फिल्ड कार्यालय जुम्लाले जानकारी दिएको छ ।
हिमपातबाट हुम्ला, डोल्पा र मुगु जिल्लाका माथिल्लो बस्तीहरु बढी प्रभावित भएका छन् । चिसोले डिजेल जम्दा कम्युटर, फ्याक्स मेसिन, गाडी सञ्चालनमा समस्या भएको छ ।
सरकारी तथा सामुदायिक विद्यालयको १४ गतेबाट सुरु भएको परीक्षालाई पनि हिमपातले प्रभावित बनाएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
आज बिहान ८ बजेबाट भने मौसम सुधारोन्मुख छ ।
