समाचारशुक्रबार, मंसिर १५, २०६९

भारतका पूर्व प्रधानमन्त्री आइके गुजरालको निधन

हिमालखबर

फोक्सो संक्रमणले केही समयदेखि विरामी परेका ९३ वर्षीय गुजरालको भारत गुडगावंस्थित मेदान्ता मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

अप्रेल १९९७ देखि मार्च १९९८ सम्म भारतका प्रधानमन्त्री रहेका गुजराल त्यसअघि दुईपटक विदेशमन्त्री भएका थिए । भारतीय जनता दलमा जानुअघि उनी कांग्रेसमा रहेर विभिन्न पदमा काम गरेका थिए ।

१९९७ मा नेपाल भ्रमण गरेका गुजरालपछि अहिलेसम्म कुनै भारतीय प्रधानमन्त्री नेपाल आएका छैनन् । स्वर्गीय गुजरालका छोरा नरेश गुजराल भारतको राज्यसभाका सांसद छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>