समाचारशनिबार, मंसिर १६, २०६९

विजयवासमा नेताहरूको रात्रिभोज

हिमालखबर

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेता करण सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले महाराजगञ्जस्थित आफ्नै निवास (विजयवास) मा १५ मंसीर साँझ आयोजना गरेको रात्रिभोजमा नेताहरूबीच जमघट भएको हो । भोजमा नेपाल भ्रमणमा आएका भारतीय नेता करण सिंहको विशेष उपस्थिति थियो ।

उक्त भोजमा एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपालगायत विभिन्न दलका नेताहरूको सहभागिता थियो ।

१५ मंसीर दिउँसो नेपाल आइपुगेका कांग्रेस आईका नेता सिंह यसअघि भारतीय विद्धान मदनमोहन मालवीयको १५० औँ जन्मजयन्तीको अवसरमा आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल सम्बन्धमा जानकार मानिने नेता सिंह भारतीय सत्तारुढ गठबन्धन युपिएकी अध्यक्ष सोनिया गान्धि निकट मानिन्छन् । राप्रपा अध्यक्ष राणाको नाता समेत पर्ने सिंह यसअघि ०६२–०६३ को आन्दोलनका बेला आन्दोलनरत सात दल र तत्कालिन दरबारबीच मध्यस्थता गराउन भारतीय सरकारको विशेष दूतका रुपमा नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>