समाचारशनिबार, मंसिर १६, २०६९

समयसीमाभित्रै सहमति हुने राष्ट्रपतिको विश्वास

हिमालखबर

१६ मंसीरदेखि पोखरामा शुरु भएको चौथो राष्ट्रिय एड्स सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति डा यादवले थपिएको सात दिनमा राजनीतिक दल र सरकारलाई एक ठाउँमा आएर निकास दिन आग्रह गरे । लामो समयसम्म राजनीति अस्थिर बन्दै गएको र देश अनिर्णयको बन्दी भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले राजनीतिक स्थायित्व नै अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

राष्ट्रपति यादवले २०६२/६३ सालको परिवर्तनपछिका चार वर्ष व्यर्थैमा गएकोमा फेरि वैशाखभित्र संविधानसभाको नयाँ निर्वाचनको घोषणा हुन सकेन भने थप एक वर्ष पनि त्यसै खेर जानसक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

“देशको राजनीति ठीक भएन भने आर्थिक विकास, सहयोग र रोजगारीका अवसर प्राप्त हुन सक्दैनन्,” उनले भने ।  देशमा सामाजिक सचेतना बढेपनि राजनीतिक स्थिरता कायम हुन नसकेकामा आफूलाई दुःख लागेको राष्ट्रपति यादवले बताए ।  “पहाड र मधेशबीच विभेद् होइन, एकता आवश्यक छ,” राष्ट्रपतिले प्रष्ट पारे, “दुवैको एकताले नै मुलुकको विकास सम्भव छ ।”

उक्त अवसरमा राष्ट्रपति  यादवले एड्स रोग नियन्त्रणका लागि उपलब्ध सहयोग एक ठाउँमा ल्याउन नसक्दा एड्स नियन्त्रणमा प्रभावकारिता आउन नसकेको पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>