समाचारआइतबार, मंसिर १७, २०६९

मंसीरभित्रै सहमति हुन्छः सिटौला

हिमालखबर

झापाको पथरीयामा नेपाली कांग्रेसले आयोजना गरेका निःशुल्क स्वास्थ्य शिविरको १६ मंसीरमा उद्घाटन गर्दै महामन्त्री सिटौलाले भने, “सहमतिको विकल्प छैन, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि सहमतिका लागि दवाबपूर्ण बनिरहेको छ ।”

एमाओवादीले सत्ताकब्जाका लागि जबर्जस्ती गर्न खोजे पनि परिस्थितिले उसलाई लोकतन्त्र विरोधको बाटोमा हिँड्न नदिने दाबी गर्दै महामन्त्री सिटौलाले भने, “देश र जनतालाई अनिर्णयको बन्दी बनाएर एकलौटी शासन गर्ने माओवादी चाहना कहिल्यै पूरा हुँदैन ।”

नेपाली कांग्रेस पार्टीको जन्म विधिको शासन र जनताको हितका लागि भएको उल्लेख गर्दै कांग्रेसका कार्यकर्ताले राष्ट्र र जनताको सेवामा आफूलाई समर्पित गर्नुपर्ने नेता सिटौलाले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>