समाचारआइतबार, मंसिर १७, २०६९

‘सरकारको नेतृत्व गठबन्धन बाहिरबाट’

हिमालखबर

कोइराला निवास महाराजगन्जमा १७ मंसीर बिहान भएको भेटवार्तामा कांग्रेसबाट कोइराला तथा माओवादीबाट उपाध्यक्ष सिपी गजुरेल र सचिव देव गुरुङ सहभागी थिए ।

भेटपछि कांग्रेस सभापति कोइरालाले वर्तमान सरकारमा सहभागी दलहरुको नेतृत्वमा सहमतीय सरकार गठन हुन नसक्ने र अबको सरकारको नेतृत्व सरकार गठबन्धन दल बाहिरबाट खोज्नुपर्नेमा दुई दलबीच सहमति भएको बताए । माओवादी सचिव गुरुङले सहमतीय सरकारको कुरा गरे पनि वर्तमान प्रधानमन्त्री कुनै हालतमा पद नछोड्ने मनस्थितिमा देखिएकाले सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकामा दुईदलबीच सहमति भएको जानकारी दिए ।

वर्तमान सरकारको वहिर्गमनपछि सरकारको नेतृत्व बारेमा दुवै दलले विकल्प खुला राख्नेबारेमा पनि छलफल भएको सचिव गुरुङले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>