समाचारआइतबार, मंसिर १७, २०६९

दाहालको जिकिर–‘मलाई प्रधानमन्त्री हुने लोभ छैन’

हिमालखबर

उनले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिलाउन आफूले प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री वा राष्ट्रपति बन्न लोभ नभएको दाबी गरेका हुन् । उनले भने, “प्रतिपक्षी दलहरुले आरोप लगाए झैं म प्रधानमन्त्री अथवा राष्ट्रपति बन्ने लोभमा छैन । ”

काठमाडौंमा १७ मंसीर अपरान्ह भएको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा परिवर्तनलाई संस्थागत गर्न चाहने र पुरातनवादी सोच भएकाहरुबीचको लडाई कायमै रहेकाले राजनीतिक संक्रमणकाल लम्बिएको जिरह गरे ।

दलहरुबीच छलफल जारी रहेकाले केही दिनमै सहमति हुने दाहालले बताएका थिए । विपक्षी दलहरुले भने वर्तमान सरकारको बहिर्गमन नहुँदासम्म कुनै सहमति नहुने बताउँदै आएका छन् ।

आजै एमाले अध्यक्ष झलनाथ खनालले आफ्नै निवासमा आयोजित कार्यक्रममा सरकारको बहिर्गमन नहुँदासम्म कुनै सम्झौता नहुने बताएका थिए भने विहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग नेकपा–माओवादीका नेताद्वय सीपी गजुरेल र देव गुरुङबीच भएको वार्ताले वर्तमान सरकारको बहिर्गमनका लागि आन्दोलनमा जानुको विकल्प नभएको ठहर गरेको छ ।

सत्तारुढ एनेकपा माओवादीले आफ्नो अडान नछोड्दा सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दोस्रो पटक दिएको समयसीमाभित्र पनि सहमति हुने सम्भावना टाढिएर गएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>