समाचारआइतबार, मंसिर १७, २०६९

भट्टराईको नेतृत्व स्वीकार्य छैनः यादव

हिमालखबर

१७ मंसीरमा चितवनको रत्ननगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका यादवले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले थप गरेको समयमा सहमतिको सरकार बन्नुपर्ने भए पनि दलहरुको बीचमा सहमति हुने सम्भावना कम भएको भन्दै  चिन्ता व्यक्त गरे ।

उनले दलहरु निर्वाचन  र संविधान निर्माणमा देखिएका विषयमा सहमति जुटाउनभन्दा प्रधानमन्त्रीको पदमा बढी केन्द्रित रहेकाले सहमति जुट्न नसकेको बताए । वर्तमान सरकारले संविधानसभा विघटन गरेको, राष्ट्रपतिले कामचलाउ भनिसकेको र आफैँले घोषणा गरेको चुनाव गराउन नसकेको उनको आरोप थियो ।

सहमतीय सरकार र नयाँ निर्वाचनका लागि राजनीतिक सहमति अहिलेको अनिवार्य आवश्यकता भएको भन्दै सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई सरकारको बहिगर्मन अनिवार्य भएको नेता यादवले प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>