समाचारसोमबार, मंसिर १८, २०६९

न्यायाधीशको नियुक्तीसम्बन्धी रिटमा राय बाझियो

हिमालखबर

अधिवक्ता अच्युतप्रसाद खरेलले दायर गरेको रिटमा न्यायाधीश गिरिशचन्द्रलाल र रामकुमारप्रसाद साहबीच राय बाझिएपछि रिटलाई पूर्र्ण बेञ्चमा पठाएको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।  सो रिटमा न्यायाधीश लालले संसदीय सुनुवाइबिना सर्वोच्चका न्यायाधीश नियुक्त हुन नसक्ने राय दिएका थिए भने अर्का न्यायाधीश साहले न्याय परिषद्ले संसदीय सुनुवाइबिना नै न्यायाधीश नियुक्त गर्न सक्ने राय दिएका थिए । सुनुवाइका क्रममा नेपाल बार एसोसिएसन र सर्वोच्च बारले एमिकस क्यूरीसमेत पठाएका थिए ।

संसद नरहेको समयमा संसदीय सुनुवाइमा समस्या भएपछि न्यायाधीश नियुक्तिमा अड्चन आएको छ । सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित १२ न्यायाधीश मात्र छन् । त्यसमध्ये प्रधानन्यायाधीश खिलराज रेग्मी सहित न्यायाधीशहरु दामोदर शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, गिरिशचन्द्रलाल र रामकुमारप्रसाद मात्रै स्थायी न्यायाधीश हुन् ।

न्यायाधीश नियुक्तीको रिटलाई पूर्ण बेञ्चमा पठाउने सो निर्णयपछि प्रधानन्यायाधीश रेग्मी, शर्मा, साह र लाल न्यायपरिषद्को पदाधिकारी रहेकाले पूर्ण इजलासमा भाग लिन नपाउने भएपछि बाँकी दुईजनाको इजलासलाई पूर्ण मान्न नसकिने भएकाले सो निर्णय त्यत्तिकै थन्कने खतरा देखिएको छ ।

अस्थायी न्यायाधीशकै सुनुवाइको मुद्दा भएकाले अस्थायी न्यायाधीशले इजलासमा भाग लिन नपाउने तथा पूर्ण इजलास बनाउँदा स्थायी न्यायाधीशहरू आवश्यक पर्ने र सोका लागि कम्तीमा तीन र बढीमा पाँच न्यायाधीशको समूह रहने व्यवस्था छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>