समाचारसोमबार, मंसिर १८, २०६९

युवा संघ आन्दोलनमा जाने

हिमालखबर

हालै सम्पन्न संघको विधान सम्मेलनले पारित गरेको निर्णय सार्वजनिक गर्न १८ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा शान्ति, संविधान र समृद्धिको मार्गलाई अवरुद्ध गर्दै एकीकृत नेकपा माओवादीले अधिनायकवादी शासन लाद्न खोजेको भन्दै त्यस विरुद्ध भण्डाफोर गर्ने निर्णय भएको युवा संघ अध्यक्ष महेश बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले प्रधानमन्त्री भट्टराईले महंगी नियन्त्रण गरेर जनतालाई राहत दिनुको सट्टा भ्रष्टाचारलाई संस्थागत रुपमै संरक्षण गरेको आरोप लगाएका थिए ।

सम्मेलनले संगठनको संरचनामा परिवर्तन गरेर अब कुनै पनि संस्था वा पद मनोनित रुपमा नराख्ने निर्णय गरेको छ । केन्द्रीय समिति १ सय ३५ सदस्यीय बनाउने, ४५ सदस्यीय सचिवालय, जिल्ला समितिसहितका सबै खाले समिति निर्वाचित गरिने, केन्द्रदेखि तल्लो तहसम्मका कमिटी समावेसी बनाउने र यूथ फोर्स, मधेश कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा महासचिव निरज आचार्यले वर्तमान सरकारको अधिनायकत्व विरुद्ध संघर्ष गर्नुको विकल्प नभएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>