रमझमशनिबार, चैत्र २०, २०७२
बुङमतीमा ‘बर्निङ म्यान’
काठमाडौं कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित काष्ठमेलामा अमेरिकी शिल्पकार डेभिड बेस्टले अचम्मको मन्दिर बनाए। मन्दिर ललितपुरको बुङमतीमा भूकम्पले भत्काएर डंगुरमा फालिएका सामग्री प्रयोग गरी बनाइएको थियो।
आफूले बनाएका मन्दिरलाई आगो लगाउने भनी चिनिएका उनले मेलामा अन्तिम दिन, १२ चैत पनि त्यसै गरे, मेलास्थलमै मन्दिरमा आगो लगाए। “आगो लगाउनुको अर्थ क्षति बिर्सिएर नयाँको सुरुआत गर्नु हो”, बेस्ट भन्छन्, “नेपालले आफ्नो विकासका लागि नवयुग सुहाउँदो पुनःनिर्माण गर्नुपर्छ।”
बेस्टले सन् २००० मा अमेरिकाको ब्ल्याक रक डेजर्टमा आयोजित ‘बर्निङ म्यान फेस्टिभल’ मा पहिलो पटक आफ्नो मन्दिर जलाएका थिए। त्यो वेला मोटरसाइकल दुर्घटनामा दिवंगत साथीको सम्झनामा मन्दिर जलाएका उनले त्यसपछि त्यसैलाई निरन्तरता दिए।
त्यसो त सान फ्रान्सिस्को आर्ट इन्ष्टिच्यूटका उत्पादन बेस्ट मन्दिर निर्माण पनि गर्छन्। विश्वका विभिन्न शहरमा १५ वटा मन्दिर बनाइसकेका उनी बुङमतीमै पनि एउटा मन्दिरको पुनःनिर्माणमा सक्रिय छन्। नेपाली काष्ठकलाप्रति आकर्षित उनी भन्छन्, “काठमाडौंको काष्ठ संस्कृतिबारे थाहा नपाएको भए म यहाँ आउन्नथें होला”, उनी भन्छन्।
स्मृति
