समाचारबुधबार, बैशाख १, २०७३
माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध हुन्छः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले सबै खाले बाधा व्यवधानलाई छिचोलेर अगाडि बढ्ने र जनताको भावनालाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष दाहालले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताउँदै भने, “माओवादी आन्दोलनको राप र तापले मात्रै मुलुक परिवर्तन भएको हो ।’’
मुलुकलाई नयाँ चरणमा पुर्याउन र आर्थिक समृद्धि सहित क्रान्तिको नेतृत्व गर्ने महत्वपूर्ण हतियार भनेकै शहीद, बेपत्ता योद्धा भएकाले त्यसलाई पार्टीले उचित सम्मान गर्ने बताए ।
