समाचारमंगलबार, मंसिर १९, २०६९

माओवादी कार्यकर्ताको हत्या लगत्तै अर्को व्यक्तिको हत्या

हिमालखबर

धारिलो हतियार प्रयोग गरी हत्या भएका सिंखडाको शव प्रहरीले १८ मंसीर राति दार्खा- १ रातमाटेको जङ्गलमा पछाडि हात बांधिएको अवस्थामा फेला पारेको हो । सिंखडा विजय तामाङको हत्याका आरोपी हुन् । विजय तामाङको हत्याको शङ्कामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

भीषण सिंखडाको हत्या कसले गरेको हो भन्ने बारेमा आधिकारिक पुष्टी हुन सकेको छैन । १८ मंसीर बिहान धादिङको गुम्दी-८ सातदोवाटो नजिक हत्या गरिएका विजय तामाङको धादिङबेसीमा शवयात्रा गरी अन्त्येष्टि गरिने एकीकृत नेकपा माओवादीले जनाएको छ ।

व्यक्ति हत्याको घटना बढेपछि जिल्लामा सशस्त्र प्रहरीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि बागमति अञ्चलका प्रहरी प्रमुख पशुपति उपाध्याय धादिङबेसी आइपुगेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>