समाचारमंगलबार, मंसिर १९, २०६९

सरकारी कागजात किर्ते अभियोगमा त्रिवेणी ग्रुपका गोविन्द सांघाई पक्राउ

हिमालखबर

सीआईबी स्रोतले हिमालखबरलाई दिएको जानकारी अनुसार कर तथा राजस्व सम्बन्धी सरकारी कागजात तथा छाप किर्ते गरेको पाईएपछि १९ मंसीर दिउँसो काठमाडौंको पुतली सडकबाट गोविन्द सांघाईलाई पक्राउ गरिएको हो । पुतली सडकस्थित त्रिवेणी कम्प्लेक्समा सांघाई समूहको कार्यालय रहेको छ ।

सांघाईलाई पक्राउ गरिएपछि थप अनुसन्धान भइरहेकोले के कति  रकम बराबरको सरकारी कागजात, छाप किर्ते गरिएको हो भन्ने बारे  यो समाचार लेख्दासम्म पूरा विबरण आईसकेको छैन् । विभिन्न दुई दर्जन उद्योग र केही बैंक समेत सञ्चालन गर्दै आएको यो समूहमाथि केही पहिले दुग्ध विकास संस्थानको टेण्डरमा नक्कली कागजपत्र पेस गरेको अभियोगमा समेत अनुसन्धान शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>