रमझमबुधबार, मंसिर २०, २०६९
राजधानीमा अन्तर्राष्ट्रिय फिल्म मेला

१० औं किम्फमा २८ देशका ६२ फिल्म (डकुमेन्ट्री, फिक्सन, छोटो फिल्म, एनिमेसन र प्रयोगात्मक) समावेश भएको छ ।
हिमाल एसोसियसनको आयोजनामा यहि २२–२६ मंसिरमा राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने यसपालिको महोत्सवमा नेपाल प्यानोरमातर्पm १० फिल्म छानिएको छ।
यसपालिको महोत्सवको उद्घाटन केसाङ छेतेनको नयाँ डकुमेन्ट्री ‘हु विल बि अ गोर्खा’को प्रदर्शनीबाट हुनेछ । दस हजारभन्दा बढी आवेदकबाट दुई सयभन्दा कम युवाको कष्टप्रद छनोट प्रक्रिया र गोर्खा भर्तीको सामाजिक तथा ऐतिहासिक पक्ष यस डकुमेन्ट्रीमा उजागर गरिएको छ । भर्खरै नेदरल्यान्डको २४ औं ‘इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभल अफ एम्सटरडम’को प्रतिस्पर्धी खण्डमा सहभागी भएको यो डकुमेन्ट्रीको किम्फमा नेपाल प्रिमियर हुन लागेको हो ।
यसैगरी सुवर्ण थापाद्वारा निर्देशित र विभिन्न विदेशी फिल्म महोत्सवमा छनोट भइसकेको कथानक फिल्म ‘सुनगाभा’को नेपाल प्रिमियर हुनेछ । ‘सुनगाभा’ दुई ‘लेस्वियन’ युवतीबीचको प्रेमकथामा आधारित छ ।
डकुमेन्ट्री ‘हनी हन्टर्स’ र अस्कर अवार्डमा मनोनित फिल्म ‘क्याराभान’बाट अन्तर्राष्ट्रिय ख्याति कमाएका फ्रान्सेली फिल्मकर्मी एरिक भ्यालीको नयाँ डकुमेन्ट्री ‘हिमालयन गोल्ड रस’ यसपालि किम्फको समापन समारोहमा विशेष प्रदर्शन गरिनेछ । एक घन्टा लामो यो डकुमेन्ट्री नेपालको दुर्गम पर्वतीय जिल्ला डोल्पामा गरिने यार्सागुम्बा संकलनसँग सम्बन्धित छ ।
डकुमेन्ट्री ‘हिमालयन गोल्ड रस’ र फिल्म ‘सुनगाभा’ दुवै किम्फपछि काठमाडौंका मल्टिप्लेक्स हलहरुमा सार्वजनिक प्रदर्शन हुनेछ । किम्फमा उत्कृष्ट ठहरिएका फिल्महरुलाई काठमाडौंका दर्शकका लागि मल्टिप्लेक्स हलहरुमा पनि देखाउने उद्देश्यमा यी दुई फिल्मबाट सहयोग पुग्ने विश्वास आयोजक संस्थाको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी १८ फिल्ममध्ये पहिलो हुनेलाई १५ सय अमेरिकी डलर, दोस्रो तथा तेस्रोलाई एक हजार र पाँच सय डलर दिइनेछ । प्रथम पुरस्कारको प्रायोजन नेपाल पर्वतारोहण संघ र दोस्रो पुरस्कारको प्रायोजन ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल र तेन्जिङ हिलारी एभरेस्ट म्याराथनले गरेका हुन् । नेपाल प्यानोरमातर्पm उत्कृष्ट डकुमेन्ट्रीलाई माउन्टेन पिपुल नामक नर्वेली संस्थाले ५० हजार रुपैयाँ र फिक्सनतर्पm उत्कृष्टलाई चलचित्र विकास बोर्डले ३० हजार रुपैयाँ पुरस्कार दिनेछ । हिमाल एसोेसिएसनका अनुसार, स्वीट्जरल्याण्डका म्यारीअन प्लेष्चर, बेलयातका जोन पार्टर, फिनल्यान्डका जुहानी एलानेन रहेको तीन सदस्यीय निर्णायक मण्डलले प्रदर्शितहरूबाट उत्कृष्ट फिल्म छनोट गर्नेछन् ।
यसपालि किम्फमा थप आकर्षणको रुपमा शिक्षा विषयमा आयोजना गरिएको ‘एडुकेटिङ नेपाल’ छोटो फिल्म प्रतियोगिताका उत्कृष्ट दस फिल्महरु पनि देखाइनेछ । प्रतियोगी फिल्ममध्ये सर्वोत्कृष्ट फिल्मको घोषणा र पुरस्कार वितरण किम्फमै हुनेछ । उत्कृष्ट तीन फिल्मलाई ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।
विगतमा भैंm यसपटक पनि पत्रकार कुन्द दीक्षितले ‘हिमाल चिनौं’ विषयमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुहुनेछ । लेखक तथा पर्वतारोही जोन पोर्टरको ‘लर्निङ टु ब्रेथ–फिफ्टी इयर्स इन दि माउन्टेन्स’ विषयक प्रवचन, ‘च्यालेन्ज एन्ड रिलेभेन्स अफ ग्रासरुट फिल्ममेकिङ’ विषयमा अन्तत्र्रिmया, फोटोग्राफी, वैकल्पिक पुस्तक प्रदर्शनी तथा डकुमेन्ट्री कार्यशाला पनि किम्फका आकर्षण हुनेछन् ।
२० मंसिरमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किम्फ अध्यक्ष वसन्त थापा तथा महोत्सव निर्देशक रम्यता लिम्बुले आयोजनाका बारेमा जानकारी दिएका थिए ।
-राधिका श्रेष्ठ (प्रशीक्षार्थी)
