समाचारबुधबार, मंसिर २०, २०६९
प्रम कार्यालयसँग महिलामन्त्रीको गुनासो
हाल महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको भएपनि यसका लागि आफूहरुसाग पर्याप्त बजेट नभएको उनले बताए ।
सञ्चारिका समूह नेपाल र साथी संस्थाद्धारा २० मंसीरमा काठमाडौंमा आयोजित ‘हिंसापीडित महिलाका कथाहरुको सामग्री प्रस्तुती’ कार्यक्रममा मन्त्री न्यौपानले विभागीय मन्त्रालयले गर्नुपर्ने कामको जिम्मेवारी अन्य निकायमा दिइँदा समन्वय हुन नसकेको गुनासो गरे । त्यसैगरी, महिला हिंसामा कार्यरत संस्थालाई दिइने सहयोगको कार्यक्रम रोकिएकामा पनि उनले अर्थ मन्त्रालयसँग असन्तोष व्यक्त गरे ।
कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले जिल्ला तहमा महिला हिंसाको उजुरी गराउन बेग्लै सेलहरु खडा गरिएको भएपनि प्रभाकारिता बढ्न नसकेको प्रष्ट पारे । हिंसामा परेका महिलाले उजुरी गरिसकेपछि घर फर्कने वा अन्य स्थानमा शरण लिन जाने भन्ने समस्याका कारण प्रहरीहरुले घटनाहरुलाई मिलापत्र गराउने गरेको उनले बताए ।
उक्त अवसरमा साथी संस्थाका अध्यक्ष बन्दना राणा र सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले महिला हिंसा अन्त्यका लागि आफ्नो मनतब्य व्यक्त गरेका थिए ।
