समाचारबिहीबार, मंसिर २१, २०६९
‘सत्ताधारीसँग वार्ता गर्नुको औचित्य छैन’
कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले एमाओवादी र मधेशी मोर्चासँग वार्ता गर्नुको अर्थ नभएको भन्दै आन्दोलनबाटै प्रधानमन्त्री बाबुराम भट्टराईलाई विस्थापित गर्ने बताए । २१ मंसीरमा हिमालखबरलाई प्रतिक्रिया दिँदै नेता घिमिरेले प्रधानमन्त्री भट्टराईको आजीवन कुर्सीमा बस्ने चाहना नै राजनीतिक निकासको बाधक भएको आरोप लगाए । एमाओवादीले भने जसरी संविधानको सारवस्तुमा अहिल्यै नै सहमति हुने भए चुनावमा जानै नपर्ने उनको तर्क छ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ गठबन्धनसँग वार्ता गर्नुको औचित्य नभएकाले सबै विषय आन्दोलनबाटै समाधान हुने धारणा राखे । प्रमुख दलहरुको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग गौतमले भने, “एमाओवादी र मोर्चासँग वार्ता गर्नुको औचित्य छैन । सबै विषय सडक आन्दोलनबाटै समाधान गर्नुपर्ने अवस्था आयो ।”
