थप समाचारसोमबार, जेठ ३, २०७३
चट्याङले दुई महिलाको मृत्यु

तनहुँमा चट्याङबाट दुई जनाको ज्यान गएको छ । जिल्लाको काहुँसिवापुर–७ का खेम रानाकी २० वर्षीया छाेरी मौसमीको मृत्यु भएको हो । उनको २ जेठ राति ११ बजे दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको अस्पताल जानकारी दिएको छ ।
चट्याङबाट घाइते रानाका अर्की छोरी १८ वर्षीय गुलाबीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
त्यसैगरी सोही वडा निवासी ५५ वर्षीय एनिमाया थापाको घरमा चट्याङ पर्दा घाइते भई अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको छ ।
सोही वडा निवासी ऋषिराम थापाको चट्याङले गर्दा चार वटा गाई, तीन वटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय तनहुँका नायव प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।रासस
