समाचारबिहीबार, जेठ ६, २०७३
एमाओवादी र अन्य घटकबीच एकीकरण, नेकपा माओवादी केन्द्र गठन
एमाओवादी र विभिन्न माओवादी समूहबीच एकीकरण भई नयाँ पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिएको छ ।
५ जेठमा काठमाडौंको बबरमहलस्थित पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरे ।
नयाँ पार्टीको नेतृत्व पनि पुष्पकमल दाहालले नै गर्ने भएका छन् । एकीकृत पार्टीको महासचिवमा रामबहादुर थापा र उपमहासचिव कृष्णबहादुर महरा छन् ।
एकीकृत हुनेहरुमा दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको रामबहादुर थापा समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका तिलक परियारको समूह लगायतका छन् ।
