समाचारशुक्रबार, मंसिर २२, २०६९
मानवअधिकार आयोग मुक दर्शक बन्यो: सरोकार समूह
राष्ट्रिय मानवअधिकार आयोग मानव अधिकार हनन्का घटनाप्रति मुक दर्शक बनेकामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो समूहले राष्ट्रपतिको ध्यानाकर्षण गरेको हो ।
नेपाल बौद्धिक मञ्चका महासचिव प्रा डा सुरेन्द्र केसी, थारु मुक्ति मोर्चाका अध्यक्ष डा ललन चौधरी, नवजनता साप्ताहिकका प्रधानसम्पादक प्रकाश रोकाया, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य रामदयाल राकेश, नेपाल भूमि साप्ताहिकका प्रधानसम्पादक रामचन्द्र हुमागाईं, जनदिशा दैनिकका सम्पादक दीपेन्द्र रोकायाद्वारा जारी संयुक्त विज्ञप्तिमा मानवअधिकार हननका घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोग मूकदर्शक बनेकामा राष्ट्रपतिको ध्यानाकर्षण गर्दछौं भनिएको छ ।
समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगभित्र भ्रष्टाचार बढेको, सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको तथा आयोगभित्र अनियमितता र अपारदर्शिता बढ्दै गएको बताइएको थियो । रासस
