समाचारशुक्रबार, मंसिर २२, २०६९

एमाओवादी महाधिवेशन हेटौंडामा हुने

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा २२ मंसीरमा पार्टी केन्द्रीय कार्यालय र राजधानीमा उपलब्ध ब्युरो इन्चार्जहरुको संयुक्त बैठकले पार्टीको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि एमाओवादीले पार्टीको महाधिवेशन ११ माघदेखि काठमाडौँमा गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

आज सार्वजनिक गरिएको कार्यतालिकाअनुसार २५ पुसदेखि १० माघसम्म पार्टीको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

यसैगरी बैठकले संविधानको अन्तरवस्तुमा सहमति गर्न विपक्षी दल तयार नहुँदासम्म वर्तमान सरकारले कुनै पनि हालतमा राजीनामा नदिने निर्णयसमेत गरेको महाधिवेशन आयोजक समितिका सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>