समाचारशुक्रबार, मंसिर २२, २०६९

जापानमा शक्तिशाली भूकम्प, सूनामीको खतरा

हिमालखबर

जापानको सरकारी टेलिभिजनमा भूकम्प आए लगत्तै सूनामी आउन सक्ने सम्भावना भएकोेले सावधान रहन सूचना जारी गरिएको छ भने समुद्री किनाराका बस्तीहरु खाली गर्न सल्लाह दिइएको छ । त्यहाँका सञ्चारमाध्यमका अनुसार राजधानी टोक्योमा पनि भूकम्पको झट्का महशुस गरिएको थियो । टेलिभिजनमा भूकम्पले हल्लिंदैै गरेका घरहरु देखाइएको छ ।

अमेरिकी जियोलजिकल सर्वेका अनुसार भूकम्पको केन्द्र जापानको केमाशी भन्दा २४ किलोमटर दक्षिण पूर्व समुद्रमा ३६ किलोमिटर गहिराईमा थियो । जापानी सञ्चारमाध्यमहरुले देशका परमाणु रिएक्टर सुरक्षित रहेको पनि जनाएका छन् ।

यसक्षेत्रमा २०११ मार्चमा गएको तीव्र भूकम्पका कारण आएको सूनामीले ठूलो विनाश गरेको थियो भने १५ हजार मान्छेको मृत्यु र तीन हजार बढी हराएका थिए । त्यसबेला परमाणु रिएक्टरमा क्षति भएपछि हजारौंलाई अन्य क्षेत्रमा विस्थापित हुनु परेको थियो ।

अमेरिकी प्यासिफिक सूनामी वार्निङ सेन्टरका अनुसार धेरै ठूलो सूनामी आउने छैन, तटीय क्षेत्रहरुमा भने क्षति हुनसक्छ । जापानको मौसम विभागले स्थानीय समय अनुसार साँझ ५ः२० बजे ५० सेमी देखि २ मिटरसम्मको समुद्री लहर उठ्न सक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>