समाचारशुक्रबार, मंसिर २२, २०६९
विपक्षीद्वारा घोषित मंसीर महिनाको आन्दोलन स्थगित
शीर्षस्थ नेताहरू वार्ता र संवादका लागि काठमाडौँमा उपस्थित रहनुपर्ने भएकाले संयुक्त आन्दोलनका मङ्सिर महिनाका लागि घोषित कार्यक्रमहरू स्थगित गरिएको विपक्षी दलहरुले गठन गरेको कार्यदलले जनाएको छ ।
कार्य दलका रघुजी पन्त, मिनेन्द्र रिजाल र दीपक बोहराले २२ मंसीरमा विज्ञप्ति जारी गर्दै संविधानसभा÷संसदको निर्वाचन सम्पन्न गराउने उद्देश्यकासाथ सहमतिको नयाँ सरकार गठन गरी मुलुकलाई संवैधानिक र राजनीतिक निकास दिलाउने प्रयत्न जारी रहेकाले ती कार्यक्रमहरू स्थगित गरिएको निर्णय गरेको जनाएका छन् ।
