समाचारशुक्रबार, मंसिर २२, २०६९

प्रधानमन्त्री सहभागी कार्यक्रम १४ दलद्वारा बहिस्कार

हिमालखबर

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नारासहित धनगढीमा शुरुमा भएको सुदूरपश्चिम महोत्सवको २२ मंसीरमा आयोजित उद्घाटन कार्यक्रम नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादीलगायतका दलले असंवैधानिक सरकारका प्रधानमन्त्रीले महोत्सवको उद्घाटन गर्न लागेको भन्दै बहिष्कार गरेका हुन् ।

महोत्सवप्रति आफ्नो पूर्ण सहयोग रहेको तर प्रधानमन्त्रीको उद्घाटन कार्यक्रम मात्र बहिष्कार गरेको एमाले कैलाली सचिव दीर्घ सोडारीले बताएका छन् ।

केही दिनमै राजनीतिक सहमति: प्रधानमन्त्री भट्टराई

उक्त कार्यक्रम उद्घाटन गर्न पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनमै दलहरूबीच राजनीतिक सहमति भई देशले गति लिने बताएका छन् ।

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले दलहरू गम्भीर छलफलमा लागिरहेकाले देशले राजनीतिक निकास लिने विश्वास व्यक्त गरे । उनले थपे, “आगामी वैशाख महिनाभित्र नया“ संविधानसभाको निर्वाचन गर्ने अठोट सबैले गर्नुपर्छ ।”

प्रधानमन्त्री भट्टराईले मुलुकमा राजनीतिक परिवर्तन भए पनि गणतन्त्र संस्थागत गर्न दलहरूमा ठूलो चुनौती रहेको बताए । सबै कुरा प्याकेजमै सहमति गरेर राजनीतिक निकास खोज्नुपर्नेको प्रधानमन्त्री भट्टराइको भनाई थियो ।

कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण कुवँर र उपाध्यक्ष राजेश भण्डारीले सुदुरपश्चिममा विकासका प्रशस्त सम्भावना रहे पनि राज्यले उचित ध्यान नदिएको गुनासो गरेका थिए ।

आगामी पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब ३०० व्यापारिक कक्ष राखिएका छन् । छ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र १५ करोड आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>