समाचारशनिबार, मंसिर २३, २०६९

एकै रातमा समस्या बुझियोः प्रधानमन्त्री

हिमालखबर

उनले अव निती नै बनाएर कमैयाका समस्या समाधान गरिने पनि आश्वासन दिए । २३ कार्तिक विहान कमैया शिविरबाट टिकापुर पुगेका प्रधानमन्त्रीले पत्रकारसँग कुरा गर्दै काठमाडौं फर्केपछि पुनर्वासको काम थालिने आश्वासन पनि दिएका छन् ।

छिट्टै निकास आउने

उनले राजनीतिक दलको सहमतिमा वैशाखमा निर्वाचन गर्नुको विकल्प नभएकाले केही समय ढिलाई हुनुलाई अनौठो मान्नु नहुने र दलहरुले निकास दिने बताए । आजै टीकापुर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले सुदूरपश्चिमको सम्भावना बोकेको टीकापुर देश सङ्घीयतामा गएपछि सम्वृद्ध हुने दाबी गरे ।

कालो झण्डा

यसैबीच कार्यक्रम सकेर फर्कने क्रममा विपक्षी दलका कार्यकर्ताहरुले प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाएका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले केहीबेर प्रधानमन्त्री विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>