समाचारशनिबार, मंसिर २३, २०६९
दाहाल, नेपाल र सिटौलाको गोप्य वार्ता
२३ मंसीर बिहान ललितपुरका एमाले नेता कृष्णलाल महर्जनको घरमा भएको वार्तामा एमाओवादी अध्यक्ष दाहालले मधेशी नेताको नाममा सरकार गठन गर्न सकिने बताएको बुझिएको छ ।
स्रोतका अनुसार एमाले नेता नेपाल र कांग्रेस महामन्त्री सिटौलासँग दाहालले आफूलाई कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्व स्वीकार भए पनि पार्टीले नमानेको भन्दै मधेशी नेतालाई अघि सारेका हुन् । उनले आगामी माघमा हुने महाधिवेशनसम्म प्रधानमन्त्री बाबुराम भट्टराईलाई सरकारमा राखिराख्नु आफ्नो बाध्यता भएको वताएका थिए ।
त्यसैगरी उक्त छलफलमा बरिष्ठ नेता नेपालले यसअघि आफूहरुसँग भएको छलफलमा सुशील कोइरालाको नेतृत्व स्वीकार्ने दाहालले बताएको तर दलहरुको बैठकमा गएर अर्को कुरा बोलेको स्मरण गराएका थिए ।
तीन नेताहरुको यो गोप्य वार्ताले पनि कुनै ठोस उपलब्धी भने हासिल गर्न सकेन ।
