समाचारआइतबार, मंसिर २४, २०६९

राष्ट्रपतिलाई जनताको ‘सपोर्ट’ चाहियोः उपराष्ट्रपति

हिमालखबर

रिपोर्टर्स क्लबले २४ मंसीरमा आयोजना गरेको साक्षात्कारमा उपराष्ट्रपति झाले अहिले नै राष्ट्रपतिले थप केही गर्न सक्ने अवस्था नभएकाले जनताको साथ चाहिएको जिकिर गरे । उनले ‘राष्ट्रपतिले केही गर्न सकेनन्’ भन्ने अवस्था आइनसकेको भन्दै राष्ट्रपतिलाई सक्रिय गराउन गाउँगाउँबाट नै जनता जाग्नुपर्ने बताए ।

पछिल्लो समयमा नेताहरुको अवस्था पनि छर्लङ्ग हुँदै गएको भन्दै उनले नेपाली जनताले भोट दिएर बनाएका नेताहरुले जनताको नभई नेताको देश बनाउन खोज्दा समस्या आएको आरोप लगाए । उपराष्ट्रपति झाले बोली फेरिरहने नेताहरुलाई सञ्चारमाध्यमहरुले अनावश्यक बढी ठाउँ दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सहमतीय सरकार गठनका लागि दलका नेताहरूलाई अहिले अन्तिम अवसर भएको बताउँदै उनले भने, “यो अन्तिम अवसरको पनि सदुपयोग गर्न नसके दलका नेताहरू उदाङ्गिने छन् ।” दलको नाम नलिएरै उनले थपे, “अहिले कुन दलको कारणले सहमति हुन सकिरहेको छैन भन्ने कुरा जनताले थाहा पाइसकेका छन् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>