समाचारसोमबार, मंसिर २५, २०६९

एमाले केन्द्रीय समितिको बैठक शुरु

हिमालखबर

२४ मंसीरमा बसेको स्थायी समिति बैठकले तयार पारेका ९ वटा एजेण्डामा बैठकमा छलफल हुनेछ । पोलिटब्युरोले र स्थायी समितिले गरेका र्निणयको अनुमोदन, अध्यक्ष खनालको राजनीतिक प्रतिवेदन, संविधानसभाको मुल्याङकन, जिम्मेवारी हरफेर, मनोनयन र पदर्पूति, संगठन विभागको प्रस्ताव सहितका एजेण्डामा छलफल हुने सचिव युवराज ज्ञवालीले बताए । जनजाति बाहुल्य हुने गरी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसहित १४ जनासम्म केन्द्रीय सदस्य मनोनयन गर्ने तयारी गरेको एक नेताले जानकारी दिए  ।

अध्यक्ष झलनाथ खनालको १२ पेज लामो राजनीतिक प्रस्ताव छलफलको मुख्य एजेण्डाका रुपमा रहेको सचिव ज्ञवालीले जानकारी दिए । खनालको राजनीतिक प्रतिवेदनमा सरकार गठन, एमालेको भूमिका, निर्वाचन र आन्दोलनका विषयमा उल्लेख गरिएको छ । निर्वाचन र आन्दोलनलाई सँगै लैजाने गरि बैठकले आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्नेछ ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुन नसकेको अवस्थामा त्यसको विकल्पका बारेमा पनि छलफल हुने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>