समाचारआइतबार, आषाढ २६, २०७३
प्रधानन्यायाधीशमा सुशीला कार्की अनुमोदन
व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायधीशमा सुशील कार्कीको नाम अनुमोदन गरेको छ। समितिका अध्यक्ष कुलबहादुर गुरुङको अध्यक्षतामा २६ असारमा बसेको बैठकबाट कार्कीको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो ।
साहसीक फैसला र राम्रो छविको पहिचान बनाएकी कार्कीले ७ वर्ष ७ महिनामा ८ हजार ७ सय ६५ मुद्दाको फैसला गरिसकेकी छन् ।
