समाचारसोमबार, मंसिर २५, २०६९
परिस्थितिले यो सरकारलाई बगाउँछ: थापा
रिपोर्टर्स क्लबको विशेष साक्षात्कारमा पूर्वप्रधानमन्त्री थापाले खोला थुनेर धेरै दिन राख्न नसकिए जस्तै मुलुकको वर्तमान संकटले निकास पाउने बताए । उनले अहिलेको राजनीतिलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले थुनेर राखेको आरोप लगाए । “प्रधामन्त्री र माओवादी अध्यक्ष दाहालले बेलैमा आफ्नो अडानमा पुनर्विचार नगरे मुलुक ठूलो दुर्घटनामा फस्न सक्छ,” थापाले चेतावनी दिए । उनले थपे, “कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार बनाएर अघि बढनु अहिलेको आवश्यकता हो ।”
अनन्तकालसम्म मुलुक यथास्थितिमा रहन नसक्ने भन्दै अध्यक्ष थापाले प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादीले सहमतिको सरकार गठनका लागि आफ्ना अडानहरु नत्यागे निकास खोज्ने क्रममा परिस्थितिसँगै उनीहरु पनि बगेर जाने चेतावनी दिएका थिए । ।
