समाचारसोमबार, मंसिर २५, २०६९

दाहाललाई थप्पड हान्ने कुँवर जेल चलान

हिमालखबर

प्रहरीले उनलाई २५ मंसीरमा काठमाडौं जिल्ला प्रशासनमा हाजिर गराएको थियो । सार्वजनिक अपराध मुद्दामा सुनुवाइ गर्दै प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले २८ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिएका थिए । तर, धरौटी रकमको अभाव भएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको छ । कुँवरले अब एक दिनको ३० रुपैयाँका दरले तोकिएको धरौटी पूरा नगरेसम्म जेलमा बस्नु पर्नेछ ।

यसअघि एमाओवादी अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामा आफूले कुँवरलाई माफी दिइसेको बताएका थिए । तर दाहालले दिएको माफी जिल्ला प्रशासन कार्यालयको ‘नोटिस’मा नआएको एक कर्मचारीले प्रतिक्रिया दिए ।

एमाओवादीका पूर्व कार्यकर्ता रहेका बागलुङ्का पद्म कुँवरले १ मंसीरमा एमाओादीले आयोजना गरेको चियापान कार्यक्रममा मञ्चमा पुगेर अध्यक्ष दाहाललाई झापड हानेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>