समाचारसोमबार, मंसिर २५, २०६९
सत्ता गठबन्धन निर्वाचनमा जान डरायोः नेता महत
निर्वाचनमा जाँदा जनताले बढारी दिने डरले एकीकृत नेकपा माओवादी, मधेशवादी दललगायत सत्तागठबन्धन निर्वाचनमा जान नचाहेको उनले दावी गरे । “त्यही डरका कारण निर्वाचनका लागि सहमतिको सरकार गठन नगर्न सत्ताधारी दहहरु अनेक बहाना बनाउँदैछन,” महतले भने ।
एमाओवादीका कारण देश बर्बादीतर्फ उन्मुख भएको भन्दै महतले १५ पुससम्म सहमतिको सरकार गठन नभए ठूलो संकट आउने चेतावनी दिए । सर्लाहीको चापिनी खोलामा निर्माण हुन लागेको पुल शिलान्यासका क्रममा उनले नेपाली कांग्रेसले संधै हिंसा–हत्याको विरोध गरेको र विकासलाई प्राथमिकता दिएको बताएका थिए ।
