समाचारमंगलबार, मंसिर २६, २०६९

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै

हिमालखबर

एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार खनालले १२ पृष्ठको राजनीतिक प्रतिवेदन पेसगर्दै सहमतिको सम्भावना कम्जोर रहेकोले आन्दोलनबाटै वर्तमान सरकारको बहिर्गमन हुनेमा जोड दिएका छन् । खनालको प्रतिवेदनमा छलफल हुनुअघि यसअघिको स्थायी कमिटी र पोलिटव्युरोले गरेका कार्यविभाजन बारेको निर्णय अनुमोदन गर्ने बारेमा छलफल भइरहेको छ ।

२५ मंसीरको बैठकमा १७ जनाले आआफ्नो भनाइ राख्दै कार्यविभाजन बारे स्थायी समिति र पोलिटव्युरोले गरेका निर्णय अव्यवहारिक रहेकोभन्दै आपत्ति जनाएका थिए । केन्द्रीय कमिटीमा छलफलको लागि २४ मंसीरमा बसेको स्थायी समितिको बैठकले ९ वटा एजेण्डा तय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>