समाचारमंगलबार, मंसिर २६, २०६९
कक्षा ११ को परीक्षाफल प्रकाशित, ४०.३८ % उत्तिर्ण
परिषदका अनुसार नियमिततर्फ १,१४,०१९ परीक्षार्थी उत्तिर्ण भएका छन् । गत वैशाख–जेठ महिनामा सञ्चालित परीक्षामा कुल २,८३,३५९ परीक्षार्थी सहभागी थिए । गत वर्षको तुलनामा यसबर्ष उत्तिर्ण विद्यार्थीको संख्या ०.६२ प्रतिशतले बढी छ ।
त्यस्तै परीक्षामा अनियमितता गरेका २ सय ८९ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ भने १४ जनाको स्थगित भएको छ ।
आंशिक तर्फ भने कुल १,५८,६ ८९ परीक्षार्र्थी मध्ये ५१,५२५ परीक्षार्थी उत्तिर्ण भएका छन् । नियमिततर्फ कुनै एक विषयमा असफल हुने विद्यार्थीको मौका परीक्षा पुस २८ गते हुने पनि परिषदले जनाएको छ ।
परीक्षाफल एसएमएसबाट थाहा पाउन मोबाईलको म्यासेज बक्समा HSEB टाईप गरी एक स्पेश दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गरेर थाहा पाउन सकिन्छ ।
