समाचारबुधबार, मंसिर २७, २०६९
एमाओवादीले दलहरुसँग छलफल गर्ने
एकीकृत माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले छलफलको समय तय नभएपनि आज दिनभर दलहरुसँग छलफल हुने जानकारी दिए । २६ मंसीरको बैठकले सहमतिका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, दुईजना उपाध्यक्ष र सचिव पोष्टबहादुर वोगटी सहित चार जनालाई जिम्मेवारी दिएको छ ।
दलहरुसँग प्याकेजमा सहमति गर्ने गरि लचकताका साथ प्रस्तुत हुने पूर्व स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले जानकारी दिए ।
