समाचारबुधबार, मंसिर २७, २०६९

सहमतिको प्रयास जारी राख्ने: एमाओवादी र मोर्चा

हिमालखबर

सहमतिका लागि राष्ट्रपतिले पछिल्लो पटक थपेको म्याद सकिनै लागेका बेला बसेको दुई राजनीतिक शक्तिबीचको बैठकले प्रधानमन्त्रीका नाममा मात्र नभई सत्ता गठबन्धनले उठाएका मुद्दाहरुको समेत सम्बोधन गर्ने गरी सहमति खोज्ने निर्णय भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिमालखबरलाई बताए ।

“सत्ता गठबन्धनले उठाएका इस्यूहरुमा समेत सहमति खोज्ने निर्णय भएको छ,” स्वास्थ्यमन्त्री समेत रहेका महतोले भने, “बैशाखमै निर्वाचन गर्ने गरी सहमति खोज्नु जरुरी छ, सहमति प्रधानमन्त्रीका लागि मात्रै होइन सबै इस्युमा खोज्ने हो,” उनले प्रष्ट्याए ।

एमाओवादी र मोर्चाको यो बैठकपछि तत्कालका लागि मन्त्रिपरिषदको विस्तार नहुने भएको छ । यसअघि सत्ता गठबन्धनले पछिल्लो समयसीमासम्म पनि सहमति नभए मन्त्रिपरिषदको विस्तार गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>